You are viewing the translated version of तत्काल जरिबाना गर्न सक्ने.

Section 41
तत्काल जरिबाना गर्न सक्ने
(१).यस ऐन बमोजिम अनुगमन, निरीक्षण, जाँचबुझ, आकस्मिक: निरीक्षण वा खाघ् पदार्थको नमूना सङ्कलनको काममा बाधा वा अवरोध पुय्याउने व्यक्तिलाई त्यस्तो अनुगमन, निरीक्षण, जाँचबुझ, आकस्मिक निरीक्षण वा खाच पदार्थको नमूना सङ्कलन गर्ने अधिकारीले तत्काल बीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गरिएको जरिबानाको बारेमा जरिबाना . गर्ने अधिकारीले सार्वजनिक रूपमा जानकारी गराउनु पर्नेछ।

(३) उपदफा (१) बमोजिम तत्काल जरिबाना गर्ने गरी निर्णय भएको मितिले सात दिनभित्र सो जरिबाना नतिर्ने, नबुझाउने व्यक्तिविरुद्ध त्यसरी जरिबाना गर्ने अधिकारीले देहायको कार्य गर्न सक्नेछ:-

(क) जरिबानाको रकम नबुझाएसम्म त्यस्तो खा
पदार्थ सिलबन्दी गरी राख्न, वा

(ख) जरिबानाको रकम नबुझाएसम्म त्यस्तो खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवाप्रदायकले उत्पादन, प्रशोधन, ढुवानी, सञ्चय, बिक्री वितरण गर्ने अन्य वस्तु समेत रोक्का राख।

(४) यस दफा बमोजिम गरेको जरिबानाको निर्णयउपर चित्त नबुझेमा सात दिनभित्र महानिर्देशक समक्ष पुनरावलोकनको लागि निवेदन दिन सकिनेछ।

(५) उपदफा (४) बमोजिमको निवेदनउपर महानिर्देशकले आवश्यक जाँचबुझ गरी एक्काइस दिनभित्र सो सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ।

(६) पुनरावलोकनको लागि निवेदन दिँदा जरिबाना गर्ने अधिकारीले गरेको जरिबानाको पचास प्रतिशत नगदै धरौटी दाखिला गर्नु पर्नेछ।

(७) उपदफा _ (४) बमोजिमको निवेदनउपर महानिर्देशकले गरेको निर्णय अन्तिम हुनेछ।

(८) तत्काल जरिबाना गर्ने सम्बन्धमा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।